प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीमफेदी कारगारमा निर्वाचनको तयारी पुरा

२०७९ मंसिर ३, शनिबार १४:१२ बजे

हेटौंडा – आमनिर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । कारागारका जेलर तिर्थराज पौडेलका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको बताए । यसअघि, ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भनिएकोमा कागजपत्र पुगेका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको जेलर पौडेलले बताए ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।