हेटौंडा – घरायसी झै–झगडाको क्रममा एक व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन् । कञ्चनपुर पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश बहादुर खडकाले आफ्नै ७१ बर्षीय बुवा धन बहादुर खड्काको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी झै–झगडा हुँदा गणेशले मंगलबारराति काठको लाठीसमेतले प्रहार गरी बुवाको हत्या गरेका थिए । सोही खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले मंगलबार बिहानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।