प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

२०७९ श्रावण २२, आईतबार १५:२४ बजे

हेटौंडा – ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती महिलालाई मालिका गाउँपालिका–६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।