प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीप लामिछाने आज स्वदेश फर्किंदै, प्रहरीसामु आत्मसमर्पण गर्दै

२०७९ आश्विन २०, बिहीबार ०२:२५ बजे

काठमाडौं – जबर्जस्तीकरणी आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरलायन्सको विमानबाट १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्न लागेका छन् ।

विमानस्लबाटै उनले प्रहरीसामु आत्मसमर्पण गर्ने उल्लेख गरेका छन्। 'मैले वाचा गरेअनुसार सम्बन्धित निकायसामु आज आत्मसमर्पण गर्दैछु। म कतार एयरलायन्सको विमानबाट विहान १० बजे काठमाडौं अवतरण गर्दैछु। आत्मसमपर्ण गर्नेबारे मैले लिखितरुपमै प्रहरीलाई जानकारी गराएको छु,' उनले सामाजिक सञ्जालमा लेखेका छन

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

नाबालिगलाई जबर्जस्तीकरण गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघले उनलाई कप्तानको जिम्मेवारीबाट निलम्बन गरेको थियो। सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप आफू विचलित भएको र आइसोलेसनमा बसेको यसअघि जानकारी दिएका थिए।