प्रहर खबर
 २०८१ जेठ ८, मंगलबार    

यु-१६ राष्ट्रिय फुटबल टोलीमा हेटौंडाका विशेष, भुवन र सन्तोष

२०८० भाद्र ४, सोमबार १३:४१ बजे

हेटौंडा – १६ वर्ष उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीमा मकवानपुरका तीन खेलाडी समावेश भएका छन्। प्रशिक्षक रविन्द्र सिलाकरले सोमबार घोषणा गरेको २३ सदस्यीय टोलीमा हेटौंडा–२ का विशेष बानियाँ, हेटौंडा–१० का भुवन कामी र हेटौंडा–१९ का सन्तोष गोङ्बा अटाएका हुन् ।

एन्फाको युथ परियोजनाअन्तर्गत ए डिभिजन क्बलको युथ एकेडेमीमा आवद्ध भएका मकवानपुरका गोलरक्षक विशेष, फरवार्ड सन्तोष र डिफेन्डर भुवन टोलीमा पर्न सफल भएका हुन् । विशेष र सन्तोष ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)को यू–१६ ए डिभिजन लिग खेल्छन् भने भुवन विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट ।

भुटानमा आयोजना हुने अन्डर १६ साफ च्याम्पियनसिपकोलागी अखिल नेपाल फुटबल संघ एन्फाले देशव्यापी रुपमा खुल्ला छनोट संचालन गरेको थियो । मकवानपुर जिल्लाबाट २८ जना खेलाडी छनोट गरिएको थियो । उनीहरु मध्येबाट एक जना खेलाडी पनि पर्न सकेनन् ।

भुटानको राजधानी थिम्पु स्थित चाङ्लिमिथाङ रंगशालामा सेप्टेम्बर १ देखि १० सम्म संचालन हुनेछ ।  प्रतियोगीतामा नेपाल समूह ए मा भारत र बङ्गलादेशको समुहमा रहेको छ ।  समूह बि मा आयोजक भुटान सहित माल्दिभ्स र पाकिस्तान रहेको छ ।

नेपाली टोली

गोलकिपरः विषेश बानियाँ, पेम्बा नुर्बु भोटे, भक्तबहादुर परियार

डिफेन्डरः एकराज विश्वकर्मा, किशन थापा, अरबिन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लवट, किशोरकुमार दनुवार  सरन एस.के

मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलन लिम्बु

फरवार्डः सन्तोष गोंगबा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी