प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बलात्कारको आरोपमा मनहरीबाट एक जना पक्राउ

२०७९ असार ६, सोमबार ०८:०५ बजे

हेटौंडा – मकवानपुरमा मनहरीबाट बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेका छन् ।

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।