हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ पिपलचौताराबाट लागुऔषध सहित एक महिला पक्राउ परेका छन् भने एक पुरुष फरार भएका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१७ बस्ने ५० बर्षीया कलमा खातुन रहेकी छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्ज तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.२८ प. ७७२ नम्बरको मोटरसाइकललाई संका लागेर चेकजाँच गर्दा चाकल फरार भएको र पछाडी सवार खातुनले बोकेको भोला खानतलास गर्दा लागुऔषध वनरेक्स २३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
खातुनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।