प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

२०८० श्रावण ३०, मंगलबार ०५:२१ बजे

हेटौंडा – मकवानपुरका भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नं.३ चित्रघारीका ५३ बर्षीय विनोद कुमार बम्जन रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार बिहान घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट बम्जन लडेर घाइते भएका थिए । उनको उद्धार गरी आफ्न्तहरुले उपचारको लागि मनमोहन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत शव मनमोहन अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।