प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सेफ्टी ट्याङ्करभित्र लागूऔषध

२०८० फाल्गुन १८, शुक्रबार ०७:५६ बजे

काठमाडौं – गोकर्णेश्‍वर नगरपालिका–५ जम्मुडाँडाबाट नियन्त्रित लागूऔषध विनसिरेक्स ४७५ बोतलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका–३ ठेगाना भएका ३४ वर्षीय नविन मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मोक्तानलाई गएराति पक्राउ गरेको हो । ना.८ ख २०२२ नम्बरको सेफ्टी ट्याङ्करलाई जाँच गर्ने क्रममा सिट मुनि उक्त परिमाणको लागूऔषध फेला पारी मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

साथै उक्त लागूऔषध ओसार पसारमा प्रयोग गरिएको ट्याङ्कर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनी उपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।