प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० मंसिर १८, सोमबार १३:१५ बजे

तानसेन – पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहेका प्रहरीले जनाएको छ ।

जिल्लाको रैनादेवी छहरा–२, स्थित सिजी कम्पनीभित्र माटो बोक्ने क्रममा लु १ क ३१६१ नम्बरको ट्रिपर दुर्घटना हुँदा ट्रिपरमा सवार पालुङ्गे घाइते भएका थिए । उनको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।