काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धराभित्र साइकल लिएर छिर्न नदिएको आरोप लागेको छ । विश्व साइकलयात्री पुस्कर शाहले आफुलाई साइकल लिएर रास्वापा पार्टी कार्यालयभित्र छिर्न खोज्दा रोकिएको आरोप लगाएका हुन् ।
सोमबार शाहले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै साइकल लिएर छिर्न अनुमति छैन भन्दै पार्टी कार्यालयको गोटमै रोकिएको बताएका छन् ।
‘घन्टी घरको कथा ‘
‘माननीय डि पि अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्षज्यूलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धरा पुगेँ। पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।