हेटौंडा - मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मुक्तान बिजयी भएकी छन ।
मुक्तानले नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई ३२२ मतले पराजित गर्दै विजयी भएकी हुन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार खसेको ४६ हजार ५३ मतमा मुक्तानले १९ हजार ८७३ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी ढकालले १९ मत ५५१ प्राप्त गरेका छन । यसअघि २०७४ को निर्वाचनमा मुक्तानले यसै क्षेत्रबाटै प्रदेशसभामा सदस्यमा निर्वाचित भएका थिए ।