प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ माघ १६, सोमबार ०६:५९ बजे

हेटौंडा – मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुढीगँगा गाउँपालिका–७ मोरङका ३२ बर्षीय सुमित खवास रहेका छन् ।

आइतबार बेलुका प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्वरको ट्रकले को.३५ प ६७४८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा खवास गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालक झापा हल्दिबारी–२ का ३५ बर्षीय धिरेन राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहरेको जनाएको छ ।