प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते

२०८० आश्विन २०, शनिबार १९:०४ बजे

काठमाडौं – सल्यानको कपुरकोट गाउँपालिकास्थित मुलपानी वनस्पति कार्यालय नजिकै यात्रुबाहक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने वर्ष ४० अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दाङ तुलसिपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सांकेतिक तस्बीर