काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।
यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको हो । पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो ।
पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन, कप्तान असद भाला ३६ रन, सेसे बाउ पनि झाकै बलमा ३१ रन, किप्लिन डोरिगाले २९ रन, नर्मन भानुवाले २५ रन हिरि हिरिले १० रन बनाए ।
नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी र एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी।सीले १–१ विकेट लिए ।