प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० कार्तिक ३०, बिहीबार १३:०२ बजे

काठमाडौँ – रौतहटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गस्थित जगत पेट्रोल पम्पमा ना.२ ह २४५३ नम्बरको अटो दुर्घटना भएर ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बुधवार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको अटो र सोही दिशातर्फ आउँदै गरेको ज.७ प ८२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । अटोमा सवार मृतक चन्द्रपुर नगरपालिका–४ मुस्लिम टोलकी स्थानीय हुन् । शैरुन खातुनको उपचारको क्रममा बीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।