हेटौंडा – भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका–५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङ रहेका छन् ।
प्रहरीका अनुसार नाइट्राभेट १ सय ४९ ट्याब्लेट, डाइजेपाम ३ सय ९५ पीस, नुरफिन ६३ पीस र मोबाइल २ थानसहित तामाङलाई सोमबार राति पक्राउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा राखेको उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।