काठमाडौं – सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् ।
यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको रंगशाला आर्थिक अभाव हुँदा सरकारले स्वामित्व लिएको हो ।