प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घट्यो सुनको मूल्य

२०७९ श्रावण ३१, मंगलबार ०६:१० बजे

काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। मंगलबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार भने तेजाबी सुन प्रतितोला ९७ हजार ४०० र तेजाबी सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला १ हजार २२० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी १ हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।