प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घाम ताप्ने क्रममा आफ्नै घरको छतबाट लडेर श्रेष्ठको मृत्यु

२०८० माघ ४, बिहीबार ०९:०९ बजे

हेटौंडा – घाम ताप्ने क्रममा आफ्नै घरको तेस्रो तल्लाको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका वडा नं.८ चिलाउनेमा बुधबार दिउँसो स्थानीय ८० बर्षीय रत्न बहादुर श्रेष्ठको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार श्रेष्ठ आफ्नो घरको तेस्रो तल्लाको छतमा घाम तापेर बस्ने क्रममा अचानक लडेका थिए । शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएका उनको उपचारको क्रममा ग्रिनसिटी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।