प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बिहेको पार्टीमा झगडा हुँदा एक जनाको मृत्यु

२०७९ पौष ६, बुधबार ०८:०९ बजे

पर्सा – पर्साको जिराभवानी गाउँपालिकामा बिहेको पार्टीमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका ४ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्दी रहेका छन् ।

स्थानीय साबिर राउत गद्दीको विवाहमा झगडामा कुटपिट हुँदा सैमुल्लाहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राति विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो ।

कुटपिटबाट घाइते भएका सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्थानीय जाजुल राउत गद्दी समेतले सैनुल्लाहलाई कुटपिट गरेको कुरा खुल्न आएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

.