प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

कर्मचारी कुटपिट गर्ने सुन मुन्द्रे

२०७९ असार २९, बुधबार ०९:१३ बजे

हेटौंडा – बागमती सभ्यता एकीकृत बिकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा पाख्रिबास घर भई हाल गोकर्णेश्वर६ बस्ने बर्ष ४८ को सुवास घिसिङ (सुन मुन्द्रे) रहेका छन् ।

घिसिङले ती कर्मचारीलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै कुटपिट गरेका थिए । उनले श्रेष्ठको टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएका थिए । तत्कालै प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरी टोलीद्वारा सुन मुन्द्रे भनिने निज सुवास घिसिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा पक्राउमा परेका घिसिङलाई मुलुकी अपराध (सहिंता) ऐन, २०७४ को परिच्छेद(१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप लिएर प्रहरी बृत्त, बौद्धबाट थप अनुसन्धान भईरहेको छ ।