प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आज सार्वजनिक बिदा

२०७९ फाल्गुन १, सोमबार ०१:४९ बजे

हेटौंडा – नेपाल सरकारले फागुन १ गते सोमबार आज (सोमबार) सार्वजनिक विदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सरकारले सार्वजनिक विदा दिएको बताईएको छ ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।