धनुषा – धनुषाको सबैला नगरपालिकाको सतोखर गाउँमा एक नाबालिकालाई हत्या गरी शव खाल्डोमा फालिएको अवस्थामा फेला परेको छ । बिहीबार सबैला नगरपालिका ९ स्थित मृतकको घरबाट एक किलोमिटर परको खाल्डोमा शव फेला परेको हो ।
नाबालिकाको हत्या भएको आशंका गरिएको छ । बालिकाको घाँटी थिचेर हत्या भएको हुन सक्ने धनुषाका नायब प्रहरी उपरीक्षक रञ्जन आबाले जानकारी दिए । उनका अनुसार हत्या गरी शव खाल्डोमा फालिएको फेला परेको छ । बालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी गर्दा घटना पत्ता लागेको जनाएको छ ।
घटनाको अनुसन्धानमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरी थप कारबाही अघि बढाएको जनाएको छ । छिमेकीको विवाहमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि उनको खोजी गरिएको आफन्तले जनाएका छन् ।