हेटौंडा – मकवानपुर जिल्लाको भैसे-भिमफेदी सडकखण्डमा कार ब्रेक फेल भई पावर हाउसको पर्खालमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
काठमाण्डौंबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३-०१-०२४च ३१६१ नम्बरको दुर्घटना हुँदा तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
चालक, स्थायी ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १९ बर्ष ३४ को सञ्जीप मानन्धर, कारमा सवार, स्थायी ठेगाना काठमाडौं भएका ३६ बर्षीय सञ्जीव मानन्धर र भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४५ को श्रीकृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पावर हाउसको नजिकै भएको हो, जहाँ ब्रेक फेल भएर कार पर्खालमा ठोक्किएको बताइएको छ। दुर्घटनापछि घाइते तीनै जनालाई स्थानीय स्वास्थ्य चौकी, भिमफेदीमा लगेर प्रारम्भिक उपचार गरिएको थियो। बाटोमा कुनै अवरोध नभएको र यातायात सञ्चालन सामान्य रहेको प्रहरीले जनाएको छ।