प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडा १ मा सविन न्यौपाने पुनः निर्वाचित

२०७९ जेठ १, आईतबार १२:५९ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा सविन न्यौपाने पुनः निर्वाचित भएका छन् ।

गठवन्धनबाट नेपाली कांग्रेसका सविन न्यौपानेले १४४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उत्तमप्रसाद पौडेलले १३११ मत ल्याए ।

हेटौंडा १ मा ३ हजार २९३ मत खसेको थियो ।