प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा नवजात शिशु फेला

२०८० कार्तिक ३०, बिहीबार २०:०६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ मा बिहिबार नवजात शिशु फेला परेको छ। प्रदेश लोक सेवा आयोग कार्यालय नजिकै भर्खरै जन्मेको जस्तो देखिने नवजात शिशु(छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बिहिबार साँझ ६ बजेको समयमा नवजात शिशु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको भण्डारीले बताए । उनले नवजात शिशुलाइ कस्ले छाड्यो भन्ने विषयमा खोजी भइरहेको बताए ।