प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक बालिकाको डुवेर मृत्यु

२०८० बैशाख १६, शनिबार १५:२७ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–७ हातिखोलास्थित पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राम कुमार राईको ११ वर्षीय छोरी बिनिता राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार दिउँसो हातिखोला स्थित सार्बजनिक जग्गामा सिंचाईको लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिका बेहोस भएकी थिइन् ।

बालिका डुवेको खवर पाउनासाथ उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता कार्कीले बताए ।घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिगात्मक तस्वीर