प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अब ६८ वर्षमै वृद्धा भत्ता पाइने, भत्ता लिन नचाहनेलाई सम्मान गर्ने

२०७९ जेठ १५, आईतबार ११:५१ बजे

काठमाडौं – सरकारले सामाजिक सुरक्षा(वृद्धा) भत्ता ६८ वर्षमै उपलब्ध गराउने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषण गरेका हुन् ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । ​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।

यद्यपी, सरकारले वृद्धा भत्ताको रकम भने बढाएको छैन । हाल मासिक ४ हजार रुपैयाँ वृद्धा भत्ता वितरण हुँदै आएको छ ।