प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ह्वातै घट्यो सुनको भाउ

२०७९ कार्तिक १३, आईतबार ०६:१० बजे

काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको भाउ घटेको छ । यसअघि लक्ष्मी पूजाको दिन कार्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।