प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

करेन्ट लागेर एक जनाको मृत्यु

२०८० बैशाख १९, मंगलबार ०३:२९ बजे

हेटौंडा - करेन्ट लागेर धादिङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ सिरानबजारस्थित बस्ने २५ वर्षीय माधव रेग्मी रहेका छन् ।

प्रहरीका अनुसार रेग्मी कुखुरा फर्ममा बत्ती परिवर्तन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।