हेटौंडा – एक किशोरीको अपहरणपछि हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ सिरहा गोलबजार नगरपालिका–३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका–६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
अपहरण पश्चात फिरौतीको रकम लिन विराटनगर महानगरपालिका–९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । घटनाको अनुसन्धानको क्रममा खुल्न आएपछि घटनामा संलग्न राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अंशुको हत्या गरी विराटनगर महानगरपालिका–११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी राखेको अवस्थामा शव भेटिएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।