प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विष्पोटक पदार्थको मुद्दाका फरार रहेका तीन जना पक्राउ

२०८० फाल्गुन ३०, बुधबार १८:५९ बजे

बैतडी – बैतडीमा विष्पोटक पदार्थको मुद्धामा दोषी रहेका तीन जना फरार दोषी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीका अनुसार दशरथचन्द नगरपालिका–६ का ४४ वर्षीय नारायणसिंह ऐरि, सोही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षीय भीमसिंह ठगुन्ना पक्राउ परेका हुन्। उनीहरु तीनै जनालाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा जनही १ महिना १९ दिन कैदस सजया तोकिएको थियो।

सजाय तोकेकै दिनबाट फरार रहेका उनीहरुलाई आज (बुधवार) पक्राउ गरि कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता जोशीले बताए। बैतडीमा यसअघि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना मंगलवार पक्राउ परेको थिए।