प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चितवनमा दुई पुरुषको शव फेला

२०८० बैशाख १४, बिहीबार १३:२५ बजे

हेटौंडा – चितवनको भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकामा दुई पुरुषको फेला परेको छ ।

भरतपुर महानगरपालिका–२९, भतेरीस्थित काम गरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ घर भएका अन्दाजी ३५/३६ वर्षीय बिश्वनाथ रिजाल आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै ईच्छाकामना गाउँपालिका–४, पानीधारास्थित मन्दिर छेउमा अन्दाजी ६०/६५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन ।

दुबैको घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले छ ।