प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउने सहमती

२०७९ पौष १०, आईतबार १०:४५ बजे

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने सहमति बालकोट बैठकमा जुटेको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूसँग भएको छलफलमा सो सहमति भएको जानकारी दिए ।

नेता गुरुङले अहिले सो सहमतिपत्र राष्ट्रपति समक्ष बुझाउने तयारी भइरहेको पनि बताए।