हेटौंडा – राप्ती खोलामा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । गत बिहीबार भरतपुर महानगरपालिका वडा नं.२२ बोटेटोल बस्ने ३८ बर्षीय राजन बोटे नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका थिए ।
शुक्रबार बिहान साढे १० बजे घटनास्थलबाट करिब १५ किलोमिटर तल खोलाको किनारमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घटनास्थलबाट कानुनी प्रक्रिया पुरा शव परीक्षणको लागि सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।