प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको ज्यान गयो

२०७९ कार्तिक १४, सोमबार ०७:५४ बजे

हेटौंडा – रुपन्देहीको ओमसतिया गाउपालिका ४ पननीमा सोमबार बिहान कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानिय बिकाश कुर्मीको छोरी १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र वन्धना कुर्मीको छोरा ३५ दिनका बालक रहेका छन् । घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएकी २४ वर्षीया वन्धना कुर्मी र २९ बर्षीया मञ्जु कुर्मीको मेडीकल कलेज भैरहवामा उपचार भइरहेको छ । नम्बर नखुलेको कारले आज बिहान पौने ६ बजे पैदल हिडिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको हो । कार सहित फरार भएका चालकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।