काठमाडौं – मंगलबार देशभर ६ सय ३४ जना कोभिड–१९ का संक्रमित भेटिएका छन्।
४ हजार ९४९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ। यस्तै ४ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २२१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।