प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माओवादी केन्द्रीय समितिको बैठक बिहीबारसम्मका लागि स्थगित

२०७९ असार २२, बुधबार ०८:१२ बजे

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिकाे बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि बुधबारका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । बैठक आज १ बजे बस्ने तय भएको थियो ।

अर्को बैठक बिहीबार विहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्ष नेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मङ्गलबार पनि स्थगित भएको थियो ।

माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । बैठक स्थगित भएसँगै अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम रोकिएको छ ।