प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

जसपा नेपालले बोलायो आकस्मिक बैठक

२०८० फाल्गुन २१, सोमबार ०९:२४ बजे

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ ।

संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो ।

यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक हालै सम्पन्न गरेको छ भने अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको निष्कर्षसहित वालुवाटारस्थित प्रधानमन्त्री निवास, पुग्दैछन ।

सोही बैठक लगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत वालुवाटार पुगेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवलाय बैठक पनि जारी रहेको छ ।