हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ बाट अमेरिकी डलर साट्न बोलाएर लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने २१ वर्षीय हरि भन्ने सोम बहादुर डुम्जन, ३३ वर्षीय दिवश डुम्जन, सोही नगरपालिका–४ बस्ने २८ वर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ र त्रिपुरा नगरपालिका–३ बस्ने २८ वर्षीय सुक भन्ने देवा डुम्जन रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
अमेरिकी डलर छ सस्तोमा साट्नु पर्यो भनेर मकवानपुरको बिभिन्न स्थान र सयममा बोलाएर मानिससंग भएको नगद रकम लुट्ने क्रममा मंगलबार हेटौंडा–१७ सालकपार्कबाट पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । सोही कार्यमा संलग्न एक जना फरार रहेका छन् । उनको खोजी कार्यइरहेको उनले बताए ।

प्रहरीले उनिहरुको साथबाट अमेरिकी डलर १ हजार ७४१, नेपाली रुपैयाँ ६ हजार २१०, कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मोबाईल ५ थान, मट्याङग्रा, बा ५०प ९३७२ एफ जेड, बा.प्र. ०२–०१९प९६२६, बा.प्र.०२–०३४प४२८७ मोटरसाइकल र बिलबुक २ थान बरामद गरेको छ ।
उनिहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम “ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाईएको प्रवक्ता कार्कीले बताए ।
भिडियो