हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.१२ खोरभञ्याङमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
जितपुर भञ्याङबाट शिवम सिमेन्ट उद्योगको चपकी चुनढुङ्गा खानीतर्फ जाने कच्चि सडकमा ना.५१ प ५०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा ६८ बर्षीय ठुलिमाया न्यासुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बकैया गाउँपालिका वडा नं.११ टरबास बस्ने ३२ बर्षीय राजकुमार न्यासुर र उनकी आमा ठुलिमाया घाइते भएका थिए । दुबै जनाको उद्धार गरी उपचारको लागि हेटौंडा अस्पतालमा ल्याईएको थियो ।
उपचारको क्रममा आमा ठुलिमायाको आजै विहान ११ बजेर १० मिनेटमा डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको कानुनी प्रक्रिया पुरा गरेर शव आफन्तलाई जिम्म लगाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।