प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा लागुऔषधसहित एक युवक पक्राउ

२०७८ चैत्र ६, आईतबार ०९:४५ बजे


हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध र नगद सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहागरपालिका वडा नं. १४ घर भई हेटौंडा–२ मा डेरा गरी बस्ने बर्ष २१ को अजय गोले रहेका छन् ।

गोलेको साथबाट लागुऔषध डाईजेपाम ५८ एम्पुल, फेनारगन ५७ एम्पुल, नफिन ५७ एम्पुल गरी १७२ एम्पुल, नाईट्रोभेट ८१ ट्बलेट, ३ बोतल, २१ क्याप्सुल र नगद रु। २९ हजार ६ सय ५० बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागुऔषध र नगद सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।