हेटौंडा – बागलुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ का अन्दाजी ४३ वर्षीय राजु मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिगानाबाट काठेखोला पुल तर्फ आउँदै गरेको बा २ क ९२५८ नम्बरको टिपर आज बिहान १० बजे बागलुङ नगरपालिका ८ स्थित सडकबाट करिब २०० मिटर तल खसेको थियो । चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्वीर