प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको टिसिएन रोडबाट गुरुङ पक्राउ

२०८० श्रावण ११, बिहीबार १४:११ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित टिसिएन रोडबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गांउपालिका वडा नं. ४ बस्ने ३२ बर्षीय आशिष गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार विहान ५ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट उक्त लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजासहित गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।