प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

मोटरसाइकल दुर्घटनामा एक शिक्षकको मृत्यु

२०७९ असार २३, बिहीबार १३:५४ बजे

हेटौंडा – मोटरसाइकल दुर्घटनामा एक जना शिक्षकको मृत्यु भएको छ । सर्लाहीको हरिपूर्वाको पथरा पुल नजिकै भएको दुर्घटनामा सोनफी जनता प्राथमिक विद्यालय हरिपूर्वाका शिक्षक ५७ वर्षीय किसनुदेव रजकको मृत्यु भएको हो ।

रजकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । पर्सा गाउँपालिका –२, निवासी रजकले चलाएको ज ५ प १६१३ नम्वरको मोटरसाइकल बुधबार राती हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाको सीमा नजिक सडकमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्सा गाउँपालिका –२, का निवासी ३४ वर्षीय चन्द्रविन बैठा गम्भीर घाइते भएका छन् । घाइते बैठाको जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।