प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२०८१ आश्विन २९, मंगलबार १९:०६ बजे

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

सोमबार अपराह्न पौने ४ बजे अर्जुनधारा नगरपालिका(३ दार्जिलिङ डाँडामा एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

जुङ्गेघारी बस्ने ४६ वर्षीय विरबहादुर चौहानले आफ्नी ३७ वर्षीया श्रीमती मुना चौहानमाथि धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेका थिए।

घाँटीमा गम्भीर चोट लागेपछि मुनाको मृत्यु भएको थियो।

घटनापछि फरार रहेका विरबहादुरलाई प्रहरीले पौने ५ बजेतिर पक्राउ गरेको थियो।

उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।