काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्विरमा बालेन्द्रलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ।
प्राप्त जानकारी अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो ।तस्विर भने हाल मात्रै सार्वजनिक गरिएको हो।
बालेनकै प्रस्तावमा यो भेटघाट भएको बुझिएको छ । भेटको विवरण पनि सार्वजनिक भएको छैन ।