प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

२०८१ आश्विन ३, बिहीबार ०७:५३ बजे

काठमाडौँ – युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए ।

अब पिएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ । त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ ।