काठमाडौं – काठमाडौँको गोठाटारमा मोहम्मद दर्जी (लाल मोहम्मद)को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मकवानपुरकी एक युवती सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, वडा नं. १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका–१ की २१ वर्षीया सुमी भन्ने सुस्मिता स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीका अनुसार दुई जना युवक उक्त घटनाका योजनाकार तथा हतियार व्यवस्थापन गरेका थिए ।
मकवानपुरकी स्याङ्तानले मो हम्मदको गतिविधिको निगरानी गर्ने गरेकी थिइन् । उनी काठमाडौँ कपन फैकाचोकमा बस्दै आएकी थिइन् । स्याङ्तान दुई वर्षअघि चोरी मुद्दामा केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरेर रिहा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट मेडइन यूएसले खिएको एक थान पेस्तोल, उनीहरूसँग चार थान खोका, चार थान जङ्गी राउन्ड बरामद गरेको छ ।
यही असोज ३ गते साँझ अन्दाजी साँढे ६ बजे काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार स्थित एडभेन्चर इन्टरप्राइजे जगार्मेन्ट अगाडि सर्लाही, सिसौटिया–६ का ५८ वर्षीय मोहम्मद दर्जीलाई लखेटी लखेटी गोली प्रहार गरी हत्या गरेका थिए ।
दर्जी गोठाटार स्थित एभेन्जर इन्टरप्राइजे जगार्मेन्ट फ्याक्ट्रीको तेस्रो तलामा श्रीमती, छोरीसहित बस्दै आएका थिए । गोली हानेको देखेपछि छोरीले घरबाट हाम फालेर आक्रमणकारीलाई लखेटेकी थिइन् । आक्रमणकारी मोटरसाइकलमा चढेर फरार भएका थिए ।
दर्जीको टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउन्ड गोली लागेको थियो । उनको सोही दिनराति उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
दर्जी हत्या अभियोगमा झन्डै १० वर्ष केन्द्रीय कारागार बसे र छुटेको प्रहरीले जनाएको छ । दर्जी विगतमा नेपालबाट हुने भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको दाबी गरिएको छ ।
नेपालमा भारतीय नक्कली नोटको कारोबार गर्ने युनुस अन्सारी पक्राउ परेपछि इल्ताफ हुसेन अन्सारीले सो कारोबार सम्हाल्दै आएको र सोही समूहसँग दर्जीले काम गरेको खुलेको छ ।
दर्जीले इल्ताफसँग मिलेर २०६४ साल असार २० गते अनामनगर–बानेश्वर पुलनजिक बलराम पटुवारको हत्या गरेका थिए । बलराम पनि नक्कली नोटकारो बारी भएका र समूहगत द्वन्द्वका कारण उनी मारिएका थिए । सो घटनामा दर्जी कन्ट्याक्ट किलरका रूपमा प्रयोग भएका थिए ।गोरखापत्र दैनिकबाट